संगीतको माध्यमद्वारा एचआइभी एडसबारे सचेत गराउने डा. ज्ञानेन्द्र सिञ्चुरीको भनाइ

IMG-20230105-WA0266.jpg

गान्तोक: राज्यका आम मानिसहरूलाई संगीतको माध्यमद्वारा एचआइभी एडस् रोग सम्वन्धि सचेत गराउने भएको छ। यस वर्ष ७औं रेड फेस्ट रिकोभरी यूजर्स नेटवर्कले आयोजना गर्ने सिक्किम एडस् कण्ट्रोल सोसाइटीका प्रोजेक्ट डायरेक्टर डा. ज्ञानेन्द्र कुमार सिञ्चुरीले जानकारी गराएका छन्। आज नयाँ एसटीएनएम नजिक सिक्किम एडस् कण्ट्रोल सोसाइटीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुराको जानकारी गराएका हुन्। हालसम्म यस सचेत कार्यक्रमको निम्ति राज्यका चारवटा ब्याण्डले सहभागी जनाउने तय भइसकेको छ। सबै व्याण्डले एडस रोग सम्वन्धि सचेत गराउने प्रकारको गीत प्रस्तुत गर्नेछ। उनको भनाइ अनुसार सम्भवत आगामी फरवरी महिनादेखि एचआइभी एडस रोगबारे मल्टी मीडिया क्याम्पेन शुरू गरिने भएको छ। सातौं रेड फेस्टको पहिल अडिसन २० जनवरीको दिन जोरथाङमा हुने निश्चित भएको छ भने २२ जनवरीको दिन गान्तोकमा। २४ जनवरीमा सेमिफाइनल हुने छ भने यसको फाइनल गान्तोकक मनन केन्द्रमा हुने भएको छ, तर यसको निम्ति अहिलेसम्म मिति तय नभएको बताए। यस प्रतियोगितामा पहिलो हुनेलाई नगद ७० हजार, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ। सोही प्रकारले मल्टी मीडिया क्याम्पेनको निम्ति उत्तरपूर्वी राज्यका ब्याण्डहरूले प्रदर्शन गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement