गान्तोक: यस वर्षको माघे मेलालाई लिएर माघे मेला स्पोर्टस समिति र खेलकूद एवम युवा मामिला विभागको संयुक्त पहलमा अन्तर समष्ठी फूटवल प्रतियोगिता शुरू भएको छ। आजको पहिलो नाम्ची सिङ्गीथाङ बनाम नाम्चेबुङबीच हुने भएको थियो तर नाम्चेबुङले वाक ओभर गरेपछि नाम्ची सिङ्गीथाङ अघिलो चरणमा प्रवेश गरेको छ। जोरथाङको फुटबल खेल मैदानमा आयोजित यस प्रतियोगितामा संघ लगायत 32 वटा समष्ठीले सहभागी जनाउने आयोजक समितिले जानकारी गराएको छ। यसरी नै दोस्रो खेल नाथाङ माछोङ बनाम बनाम योक्सम टाशीडिङबीच भएको थियो जसमा टाइ ब्रेकरमा नाथाङ माछोङ विजयी बन्यो। आजको यस खेलको मुख्य अतिथि सोरेङका जिल्ला उपाध्यक्ष चन्द्रबीर कामी रहेका थिए।