पाकिम: आगामी दिनमा पालन गरिने ७४औं गणतन्त्र दिवस तयारीलाई लिएर पाकिम जिल्लाको सामुदायिक भवनमा एक सभा सम्पन्न भयो। जिल्ला अध्यक्ष लादेन ल्हामु भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभालाई महकुमा अधिकारी छिरिङ नोर्गेल थिङले सम्बोधन गर्दै पाकिम जिल्लामा परिणत भएपछि पहिलोपल्ट यस गणतन्त्र दिवस पालन गर्ने अवसर प्राप्त भएकोमा खुशी प्रकट गरे। उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै विभागले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने महकुमा अधिकारीले आग्रह गरे। यस अवसरमा सबै विभागलाई तयारी सम्वन्धि जिम्मेवारी पनि सुम्पिएको छ। सोही प्रकारले जिल्लापाल टाशी छोपेलले आगामी दिनमा पालन गरिने गणतन्त्र दिवसको अवसरमा सबै अधिकारीहरूले सहभागिता जनाउनु पर्ने आग्रह गरे। उनले सबै विभागलाई आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्दै कार्यक्रमलाई सफल तुल्याउनु पर्ने बताए।