ओडिशाका मन्त्रीले विधानसभा अध्यक्षसँग भेट गरेर हकी विश्व कपको निम्तो दिए

22-29-28-arun_819_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: ओडिशाको कानून, एसटी एवं एससी विकास, अल्पसंख्यक एवं पछौटे वर्ग कल्याण मन्त्री जगनाथ साराकाले आज सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीसँग शिष्टाचार भेट गरे भने यस अवधि विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, विधानसभा सचिव डा. गोपाल दाहाल र अन्य अधिकारीहरू पनि उपस्थित थिए। दुई दिवसीय आधिकारिक भ्रमणमा हिजो सिक्किम आइपुगेका हुन्। विधानसभा अध्यक्ष उप्रेतीले मुख्यमन्त्री प्रेमसिंह तामाङको पक्षमा मन्त्रीबाट एफआईएच ओडिशा हकी पुरुष विश्व कप २०२३ को निमन्त्रणा ग्रहण गरे। यसै गरी, मन्त्रीले विधानसभा अध्यक्ष उप्रेतीलाई जर्सी पनि प्रदान गरे। उक्त टुर्नामेन्ट भुवनेश्वरमा आयोजन हुने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement