मतदाता नामावलीको अन्तिम प्रकाशन जारी।

IMG_20230105_222852.jpg

गान्तोक: सिक्किमको मुख्य निर्वाचन कार्यालयले मतदाता नामावलीको अन्तिम प्रकाशन जारी गरेको छ। यस अन्तिम मतदाता सूचीमा मतदाताहरूको संख्यामा ०.१६ प्रतिशत वृद्धि दर्ता गरिएको छ। ०१ जनवरी, २०२३ सम्मको अन्तिम मतदाता नामावलीमा कुल मतदाताहरूको संख्या ४,५०,५५० रहेका छन्, जसमा पुरुष २,२७,४०६ अनि महिला २,२३,१४४ सामेल छन्। मुख्य निर्वाचन अधिकारी पेमा लाडेन लामाले आज आयोजित एक पत्रकार सम्मेलनमा मतदाता नामावलीको अन्तिम प्रकाशन जारी गरिन्। यस अवसरमा राज्यका मान्यताप्राप्त पञ्जीकृत गैर-मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरू पनि उपस्थित थिए। यो वर्ष पूर्व-संशोधन गतिविधिहरू ४ अगस्तदेखि शुरू भएको थियो।तर, वास्तविक संशोधन ०९ नोभेम्बरदेखि ०८ दिसम्बरसम्म सम्पन्न गरियो। अन्तिम मतदाता सूचीमा मतदाताहरूको संख्यामा ०.१६ प्रतिशत वृद्धि दर्ता गरिएको छ।
यस संशोधनमा ६४६९ नयाँ मतदाताहरूको नामाङ्कन देखियो भने ५७६४मतदाताहरूको नाम हटाइयो नयाँ नामाङ्कनमा २९७७ जना मतदाता १८-१९ वर्ष उमेरका छन्। यसै गरी यस संशोधनमा ३६७ दिव्याङ्गजनलाई चिन्हित गरिएको छ भने सिक्किमका सेवा मतदाताहरूको संख्या १९९६ छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement