बिहार सरकारको लघु जल संसाधन मन्त्रीकाे सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट

IMG_20230105_221217.jpg

गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणमा आएका, बिहार सरकारको लघु जल संसाधन मन्त्री जयन्त राजले आज सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग राजभवनमा शिष्टाचार भेट गरे।

मन्त्रीले सिक्किमको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै यहॉंको कानून व्यवस्थाबाट प्रभावित बनेको बताए। यस भेट अवधि राज्यपाल र मन्त्रीले बिहार र सिक्किमका विकास बिन्दुहरूमाथि चर्चा गरे भने विभिन्न योजनाहरूलाई लिएर जानकारी आदान-प्रदान गरे।

About Author

Advertisement