२६औं राष्ट्रिय युवा उत्सव २०२३ लाई लिएर चयन परीक्षण

52cbd17c1e09f59e41210434522e7facd5e6c47f263c98a8031e1a217778bb3a

गान्तोक: आज खेल एवं युवा मामिला विभागले मनन भवनमा राज्यस्तरीय लोक गीत र लोक नृत्य चयन परीक्षण सम्पन्न गयो। उक्त चयन परीक्षण आगामी २६औं राष्ट्रिय युवा उत्सव २०२३ लाई लिएर गरिएको थियो। उत्सव आगामी १२ देखि १६ जनवरीसम्म कर्नाटकमा हुनेछ। राज्यका सबै ६ वटा जिल्लाबाट प्रतिभागीहरूले चयन परीक्षणमा भाग लिए। प्रतियोगितामा मंगन जिल्लाको लेप्चा नृत्यले प्रथम स्थान, गेजिङ जिल्लाको गुरुङ नृत्यले दोस्रो स्थान र नाम्ची जिल्लाको राई नृत्यले तेस्रो स्थान प्राप्त गरेको छ। लोक गीतको निम्ति नाम्ची जिल्लाको शेर्पा लोक गीत चयन गरिएको छ।

उक्त चयनित चार द्वलले सिक्किमलाई राष्ट्रिय युवा उत्सवमा प्रतिनिधित्व गर्नेछ। प्रतियोगिता बाहेक कार्यक्रममा रिनाकका कलाकारहरूले तामाङ सेलो, पेलिङका कलाकारहरूले गुरुङ नृत्य र गान्तोकका कलाकारहरूले च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए। यसै गरी, कलाकारहरूले नौमती बाजाको मिठो धून सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement