लामा गाउँ गोल्ड कपः मानेभञ्ज्यांग एफसी क्वार्टर फाइनलमा

IMG_20230105_220207.jpg

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा वर्तमान च्याम्पियन मानेभञ्ज्यांग एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार खेलिएको म्याचमा मानेभञ्ज्यांग एफसी-ले टीए १०७-लाई ४-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट सुराग छेत्रीले २ गोल गरे। यसबाहेक म्याक्सवेल र बुस्केटले १-१ गोल गरे। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement