लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा खरसाङको मिक्स्ड अप् बोइजले सेमिफाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा बिहीवार भएको म्याचमा मिक्स्ड अप् बोइजले ग्लेनबर्न युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका अभिनय थापालाई प्लेयर अफ द म्याच चयन गरियो। शुक्रवार खेलिने म्याचमा दार्जीलिङ पुलिस र वाईजीएसए खरसाङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।