रेलिङ्ग च्याम्पियन्स ट्रफीः रेड पाण्डा एफसी क्वार्टर फाइनलमा

photocollage_202315211416776.jpg

रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा रेड पाण्डा एफसी (नाम्ची, सिक्किम)-ले क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार खेलिएको म्याचमा रेड पाण्डाले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापाले २ गोल गरे। यसबाहेक नारायण छेत्री र राम काजीले १-१ गोल गरे। यसरी नै सिलगढ़ी युनाइटेडबाट पियुष ठाकुरीले १ गोल गरे। रेड पाण्डाका किरण गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement