प्रधानमन्त्री मोदीले मुख्यमन्त्री ममता व्यानर्जीलाई जन्मदिनको शुभकामना  

modi-mamata-e1663587155905

कोलकता: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बंगालकी मुख्यमन्त्री ममता व्यानर्जीलाई उनको ६८ औं जन्मदिनको शुभकामना दिए। तिनको लामो र स्वस्थ जीवनको कामना गरे। मोदीले ट्विट गर्दै भने, ‘ममता दिदीलाई जन्मदिनको शुभकामना। उहाँको दीर्घायु र स्वस्थ जीवनको कामना।

पश्चिम बंगालको राजधानी कोलकतामा जन्मिएकी ममता ब्यानर्जी राज्यको पहिलो महिला मुख्यमन्त्री हुन्। तिनी पहिले कङ्ग्रेसमा थिइन् तर १९९८ मा उनले तृणमूल कङ्ग्रेस गठन गरेकी थिइन्। तिनी तृणमूल कङ्ग्रेसकी अध्यक्ष पनि हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement