सदभावना कप फूटबल टुर्नामेण्टः फुवागढ़ी सेभेन र तीनधारे नयाँकमान एफसी क्वार्टर फाइनलमा

IMG_20230105_204656.jpg

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा बिहीवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। सिंगबुली पब्लिक ग्राउण्डमा आज भएको पहिलो म्याचमा फुवागढ़ी सेभेनले मिरिक लेकर्सलाई ४-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा तीनधारे नयाँकमान एफसी-ले मरमाह एफसी-लाई ३-०-ले पराजित गऱ्यो। शुक्रवार पनि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा खरसाङको मिक्स्ड अप् बोइज र एमएम तराईबीच भिड़न्त हुनेछ। दोस्रो म्याच लेप्चा ब्रदर्स र महिन्द्र गाउँ एफसी-बीच खेलिनेछ। टुर्नामेण्टको सफल आयोजनमा २५ नम्बर सौरेनी समष्टिका भारप्राप्त सभासद अरुण सिग्चीको ठूलो योगदान रहेको आयोजकहरूले बताएका छन्। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement