दिदीको सुरक्षा कवच अभियान लिएर पत्रकार सम्मेलन

7d9e2618-b675-430e-9cb5-08577099d0c9

कालचिनी – गत २ जनवरीको दिन कलकत्ता नजरुल मञ्चबाट तृणमूल सुप्रिमो ममता ब्यानर्जी लगायत राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी र राज्य सभापति सुब्रत बक्सीको प्रमुख उपस्थितिमा दिदीको सुरक्षा कवच (दिदीर सुरक्षा कवच) कार्यक्रमको विधिवत उद्घाटन सम्पन्न भए पश्चात तृणमूल उच्च कमानको निर्देश अनुसार बिहीबार राज्यको प्रत्येक ब्लक पार्टी कार्यालयहरूमा पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिइने क्रममा कालचिनी ब्लक तृणमूल कार्यालयमा ब्लक सभापति बिरेन्द्र बारा उराँवले एउटा पत्रकार सम्मेलनको आयोजना गरे।

आज उक्त पत्रकार सम्मेलन गर्न अघि मुख्यमन्त्री ममता ब्यानर्जीको ६८औँ जन्मदिन पार्टी नेता, जनप्रतिनिधि एवम् समर्थकहरूको उपस्थितिमा पालन गरिएको थियो भने यस अवसरमा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल महिला कङ्ग्रेसको कालचिनी ब्लक सभापति चन्द्रा नार्जीनारी, कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, तृणमूल युवा कङ्ग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, छात्रा परिषदका ब्लक सभापति हैदर अली अन्सारी, जयगाउँ एक नम्बर ग्राम पञ्चायत प्रधान कमल पाखरीन, तृणमूल प्राथमिक शिक्षा समितिका नेता जयदेव राय एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।

दिदीको जन्मदिन पश्चात नै पत्रकार सम्मेलन सम्पन्न भएको थियो।  उक्त पत्रकार सम्मेलनमा विगत विधानसभा चुनाउको समय दिदीलाई भन अर्थात दिदीके बोलो कार्यक्रम सरह आगामी ११ जनवरीको दिनबाट दिदीको सुरक्षा कवच नामक अभियान कार्यक्रमको थालनी हुने ब्लक सभापति बिरेन्द्र बारा उराँवले बताए। आगामी ११ जनवरीको दिनदेखि राज्यको १० करोड़ जनसाधरणको घर घरमा घुमेर राज्य सरकारको १५ वटा प्रमुख प्रकल्पहरूको सुविधा पाएको छ वा छैन यसबारे राज्य नेता, सांसद र विधायकहरूले विवरण लिने र जसले पाएको छैन दिदीर दुत नामक एप्स मार्फत यसलाई दर्ता गर्ने कार्य गरिने र यो काम ३३४३ वटा ग्राम पञ्चायत क्षेत्र एवम् १२५ सहरी नगरपालिका क्षेत्रमा ६० दिनसम्म चल्ने बताईएको छ। मूलतः पञ्चायत चुनाउ वा आगामी निर्वाचनलाई केन्द्रमा नराखी दिदीको सुरक्षा कवच अभियान मार्फत जनसाधारणको सुविधालाई प्राथमिकता दिएर यो अभियान शुरु हुने तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement