बाघडुग्रा एयरपोर्टको एडभाइजरी काउन्सिलको बैठक राजु विष्टको उपस्थितिमा सम्पन्न

photocollage_202315182415936.jpg

सिलगढी: आज बाघडुग्रा एयरपोर्टमा एडभाइजरी काउन्सिललाई लिएर सांसद राजु विष्टले एउटा बैठक गरे। यस बैठकमा राज्य सरकारका प्रतिनिधिहरू उपस्थित नभएकोमा सांसद विष्टले क्षोभ प्रकट गरे।यस बैठकमा राज्यको प्रतिनिधिहरू सामेल रहेको भए चर्चा अझ राम्रो प्रकारले हुने थियो। बाघडुग्रा एयरपोर्टलाई नयाँ रूपमा तयार गर्ने विषयमा धेरै लामो समयदेखि कुराकानी भइरहेको छ। तर एयरपोर्टको जमिनको समस्याले गर्दा यसको काम अड्केको थियो भने हाल यो समस्याको समाधान भइसकेको छ। बाघडुग्रा एयरपोर्टलाई नयाँ रूपमा तयार गर्नको लागि राज्य सरकारबाट ९८ एकड़ र वायुसेनाबाट ६ एकड़ जमिन पाइसकेको छ भने यसको लागि केन्द्र सरकारले राज्य सरकारलाई २५ करोड़ रुपियाँ पनि दिइसकेको छ। मोठ १०४ एकड़ जमिनमा भव्य रूपमा बाघडुग्रा एयरपोर्ट बनाइनेछ। यसको लागि डिजाइनको काम शुरू भइसकेको छ भने चाँडै एयरपोर्ट निर्माणको काम पनि शुरू गरिनेछ। जाडोको समयमा एयरपोर्टमा विमान ल्यान्ड गर्न र उड़ान भर्नमा निक्कै समस्या हुने गर्दछ। यसको लागि भोलि शुक्रबार एयरपोर्ट प्रबन्धनले इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) को जाँच गर्नेछ। यदि सबै ठिक रहेको खण्डमा शनिबारदेखि यस प्रक्रिया अन्तर्गत विमान ल्यान्ड तथा उड़ान भर्न सक्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement