‘साहित्य अकादमी पुरस्कार’ अलिपुरद्वारका सौभिक दे सरकारलाई प्रदान गरिने

IMG_20230105_181556.png

अलिपुरद्वार: बङ्गाला भाषाका साहित्यकार अलिपुरद्वारका सौभिक दे सरकारलाई यस वर्षको साहित्य अकादमी पुरस्कारले सम्मानित गरिने भएको छ। तेलुगू लेखक वाईबी सत्यनारायणद्वारा रचित ‘माई फादर बलिया’ नामक दलित तेलुगू परिवारको आत्मकथा बग्लामा अनुवाद गरेकोमा यस वर्ष सौभिकले साहित्य अकादमी पुरस्कार पाउने भएका छन्। तिनी अलिपुरद्वारको गोविन्द हाई स्कुलको अङ्ग्रेजी विभागका शिक्षक हुन्। उत्तर बंगालबाट अमियभूषण मजुमदारपछि दोस्रो बङ्गाली साहित्यकारको रूपमा सौभिक दे सरकारलाई साहित्य अकादमी पुरस्कारले सम्मानित गरिने भएको छ। उक्त सफलतामा तिनले गर्व अनुभव गरेका छन्। गत ३० दिसम्बरको दिन साहित्य अकादमीले एउटा प्रेस विज्ञप्ति जारी गरेर यस वर्षको साहित्य अकादमी पुरस्कार प्राप्तकर्ताहरूको नाम घोषणा गरेको थियो। सौभिक दे सरकार लगायत अन्य २१ जनालाई अनुवाद साहित्य अकादमी पुरस्कारले सम्मानित गरिने भएको छ। प्रत्येक वर्ष देशमा मोठ २२ भाषालाई अकादमी पुरस्कार प्रदान गरिने गरिन्छ। यस वर्ष यी २२ प्राप्तकर्ताहरूलाई साहित्य अकादमी पुरस्कारको रूपमा ताम्रपत्र सहित ५० हजार रुपियाँ नगद राशि प्रदान गरिनेछ। यस सम्बन्धमा सौभिक दे सरकारले भने, अनुवाद साहित्यमा आफूलाई निक्कै रुचि रहेको छ। २०१७ मा आफू ‘माई फादर बलिया’ नामक तेलुगू साहित्यतर्फ आकर्षित भएपछि यसलाई बङ्ग्ला भाषामा अनुवाद गर्न लगभग डेढ़ वर्षको समय लाग्यो। बङ्ग्ला भाषामा उक्त पुस्तक प्रकाशित भएपछि पाठकहरूबाट निक्कै राम्रो प्रतिक्रिया पाए। साहित्य अकादमी पुरस्कारले साहित्यमाथि अझ नयाँ काम गर्नको लागि आफूलाई प्रोत्साहित गर्नेछ।

About Author

Advertisement