अवैध सम्बन्धको आशंकामा श्रीमानले श्रीमतीको हत्या

IMG-20230105-WA0179.jpg

सिलगढी: श्रीमतीकाे अवैध सम्बन्ध रहेको आशंकामा श्रीमानले श्रीमतीको हत्या गरी शव नदीमा फालेका छन्। आरोपी श्रीमानले श्रीमतीलाई घुम्न लगेर हत्या गरी शवलाई दुई टुक्रा गरी फुलबारीस्थित महानन्दा नदीमा फालेका थिए। यो सनसनीपूर्ण घटना सिलगढी डिभिजनको फाँसीदेवाको गोवलटुली मोड क्षेत्रमा भएको हो। मृतक गृहिणीको नाम रेणुका खातुन हो। आरोपी पतिको नाम एमडी अन्सारुल हो। तिनीहरूको विवाह ६ वर्षअघि भएको थियो र उनीहरू सिलगढीको वार्ड नम्बर ४३, दादाभाई कालोनीमा बस्दै आएका थिए। ती गृहिणी सिलगढीको कलेजपाडा इलाकामा रहेको ब्युटी पार्लरमा काम सिकेकी थिइन्। गत २४ दिसम्बर रेणुकाका आफन्तले रेणुका घरबाट बेपत्ता भएको भन्दै प्रहरी चौकीमा उजुरी दिएका थिए। त्यसपछि सिलगढी थानाको प्रहरीले उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो। प्रहरीले बुधबार राति गृहिणीका श्रीमान् एमडी अन्सारुललाई सोधपुछ गर्दा प्रहरीलाई शंका लागेको थियो। प्रहरीको सोधपुछका क्रममा एमडी अन्सारुलले आफ्नी श्रीमतीलाई व्यभिचारमा संलग्न भएको आशंका गरेको स्वीकार गरेका छन्। २४ दिसम्बर अन्सारुलले श्रीमतीलाई घुम्न लैजाने बहानामा फाँसीदेवा लगे। त्यसपछि चक्कु प्रहार गरी उनको टाउको काटेर हत्या गरे। त्यसपछि तिनले शव र टाउकोलाई दुई फरक बोरामा हालेर नहरमा फालिदिए। प्रहरीले शवको खोजी सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement