सिलगढी: सिलगढीको बाबुपारा क्षेत्रमा सेवानिवृत्त सिलगढी पुलिस अधिकारी पी. के. पालको घरको टेरेसबाट झुण्डिएको शव फेला परेको छ। उनको शव सिलगढी जिल्ला अस्पतालमा ल्याइएको थियो। पारिवारिक श्रोतअनुसार तिनी बिहानको खाना खाएर टेरेसमा गएका थिए। लामो समयसम्म छतबाट तल नआएपछि उनकी श्रीमती छतमा गएर उनको शव झुण्डिएको देखे। सूचना प्राप्त हुनासाथ सिलगढी थानाको पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी सिलगढी जिल्ला अस्पतालमा पठाइएको थियो। प्रहरीको डीएसपी पदमा रहँदा २०१३ मा प्रहरी सेवाबाट अवकाश लिएको बताइएको छ। मृत्युका बेला उहाँ लगभग ६९ वर्षको हुनुहुन्थ्यो।

लामो समयदेखि शारीरिक समस्या र रोगका कारण मानसिक डिप्रेसनबाट ग्रसित रहेको मृतकका आफन्त मलय घोषले बताए। तिनले आत्महत्या गरेको परिवारको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।