सिलगढी विभाग पुस्तक मेला जनवरी १० देखि

09f46468-a818-407b-8b60-3f315458681d

सिलगढी: सिलगढी विभाग पुस्तक मेला १० जनवरीदेखि सुरु भइरहेको छ। यो पुस्तक मेला सिलगढी शिव मन्दिरको आठरोखाई खेलकुद मैदानमा हुन लागेको हो। बंगाली साहित्य परिषद् विभागीय पुस्तकालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर गौतम देवले सो कुरा जानकारी दिएका हुन्। १० तारिख रंगारंग जुलुसबाट मेला शुरु हुने उनले बताए। जुलुसको नाम वाक फर द बुक राखिएको छ। मेलाको दिउँसो औपचारिक उद्घाटन हुनेछ । सार्वजनिक शिक्षा विस्तार तथा पुस्तकालय सेवा विभागका निमित्त मन्त्री सिद्दिकुल्लाह चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। प्रमुख अतिथिमा मेयर गौतम देव, विभाग परिषद्का अध्यक्ष अरुण घोष, उपमेयर रञ्जन सरकार, एसजेडीए अध्यक्ष सौरभ चक्रवर्ती, जिल्ला अधिकारी एस. पोन्नम्बलम, दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष पापिया घोष, सिलगढी डिभिजनल मजिस्ट्रेट प्रियंका सिंह र अन्य उपस्थित रहनेछन्। यो मेला १६ तारिखसम्म चल्नेछ। उद्घाटन समारोहसँगै अन्य दिनमा सेमिनार, प्रश्नोत्तरीलगायतका विविध कार्यक्रमको आयोजना गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement