एसपी शर्मा बंगाल रिलेशन अफिसर हो
दार्जीलिङ: पैदल हिडन रूचाउँछु तर म मेरो स्वाभिमान बेच्दिना यो मन्तब्य गोर्खा जनमुक्ति मोर्चाको बरिष्ठ कार्यकर्ता अनमोल थापाले पोखेको हो। शहर को क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोर्चाको बरिष्ठ कार्यकर्ता अनमोल थापाले मोर्चा अध्यक्ष विमल गुरूङलाई पहाडको बाघको संज्ञा दिए।तिनले अघि भने गोर्खा जातिको उन्मुक्ति हुनपर्छ भन्ने हामी थुप्रै साथी भाइहरू थियौ तर ती साथी भाइहरू आज लाखौँ रूपियाँको गाडीमा चडेर हिडदैछ तर मैले मेरो स्वाभिमान बेचिन र पैदल हिडदैछु थापाले भने।तिनले स्पष्ट शब्दमा भने म पैदल हिडन रूचाउँछु तर म मेरो स्वाभिमान बेच्दिना। आज तिमी लाखौँ रूपियाँको गाडीमा चढेर हिडदा जून अनुभाव गर्छौ त्यो भन्दा धेर खुशी र शान्तीको अनुभाव म गर्छु, म मेरो जातिको बारेमा खुल्ला रूपमा कुरा गर्न सक्छु, बाटोमा हिडदा छाती फुलाएर हिडन सक्छु यो भन्दा ठूलो गर्व अरू के हुन सक्छ थापाले भने। मलाई राज नेता भन्नु छैन अनि मलाई कसैले पनि राज नेताको संज्ञा दिने काम नगरोस, मलाई राज नेता होइन आन्दोलनकारीको रूपमा चिनाउँन चाहन्छु थापाले भने।गत २०१७ को आन्दोलन मा हामीलाई पनि दाजुहरूले गलत मार्ग दर्शन गर्ने प्रयास गरेको थियो तर हामी उनीहरूको गलत मार्गमा हिडन कदापी रूचाएनौ, म कमाने आमाको छोरा हो अनि मलाई मेरो आमा बाबुले स्वाभिमान बेच्ने शिक्षा दिएको थिएन। भागोप्रमो अध्यक्ष अनित थापाको नाम उच्चारण गर्दै अन्मोल थापाले हेर्नोस दाजु हामी विपक्षी नै भए पनि हाम्रो पहाडको दाजु भाइहरूको अहित कहिले पनि सोच्दैनौ, त्यसकारण तपाईसँग हिडनेहरूसँग सतर्क बस्नु हो, जो जहिले आफ्नो दाजुको हुन सकेनन, उनी तपाईको हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन थापाले भने। आफ्नो सम्भाषणको क्रममा मोर्चा कार्यकर्ता अनमोल थापाले एसपी शर्माको नाम लिन्दै उनी पब्लिक रिलेशन अफिसर होइन, बंगाल रिलेशन अफिसर हो।