बन्दे भारत एक्सप्रेसको सुरक्षाका लागि विशेष टोली तैनाथ

IMG-20230105-WA0151.jpg

सिलगढी: सुरु भएको ४ देखि ५ दिनभित्र बन्दे भारत एक्सप्रेस रेलमा लगातार दुई पटक ढुंगा हानेर तोडफोड भएको छ। घटनापछि ट्रेनको सुरक्षालाई मजबुत बनाउन जीआरपीले विशेष गार्डको टोली उपलब्ध गराएको छ। यो टोलीले नियमित रूपमा नयाँ जलपाइगढी रेलवे स्टेसनदेखि मालदासम्म यात्रा गर्नेछ। यात्रीलाई कुनै किसिमको समस्या वा अप्रिय घटना नहोस् भनेर यो टोलीले सबै मामिलाहरूमा नजर राख्नेछ। टोलीले बिहीबार दिउँसोदेखि काम सुरु गर्नेछ।

सिलगढी जीआरपी एसपी एस सेल्वामुरुगन पहिले नै नयाँ जलपाइगढी रेलवे स्टेशन पुगिसकेका छन्। बिहीबार दिउँसो लगभग २ बजे एनजेपी प्रहरी चौकीमा रहेको पाँच सदस्यीय गार्ड टोलीमा एक अधिकृत र चारजना हवल्दार रहेको उनले बताए। उनीहरूले सुरक्षा व्यवस्था हेर्नेछन्। यसबाहेक सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन गस्ती टोली बढाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement