बैकुण्ठपुरको घना जंगलमा वन्दुर्गा पूजाको आयोजना

d6fed2f7-678f-4f4c-a089-f8af5eafe9f3

सिलगढी: हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सिलगढी नजिकैको डबग्राम फुलबारी विधानसभा अन्तर्गत बैकुंठपुरको घना जंगलमा वनदुर्गाको पूजा गरिन्छ। यस वर्ष यो पुजा शुक्रबार ६ जनवरीमा मनाइँदैछ, यो पुजा अंग्रेजकालदेखि नै यस क्षेत्रमा निकै लोकप्रिय भएको थियो। त्यसयता घना जंगलले घेरिएको क्षेत्रमा वनदुर्गाको पुजा हरेक वर्ष गरिन्छ। वनदुर्गाको पुजामा सयौं भक्तजन भेला हुन्छन्। यस अवसरमा सिलगढी, जलपाइगढी, दार्जिलिङ, कुचबिहार र सिक्किम, असमलगायत छिमेकी राज्यहरूबाट पनि धेरै मानिसहरू बैकुण्ठपुर वन पुग्छन्।

वनदुर्गाको पूजाको बारेमा धेरै कथा प्रचलित छन् र यसको ऐतिहासिक महत्व पनि छ। बैकुण्ठपुरको घना जङ्गलमा वनदुर्गाको मन्दिर रहेको ठाउँलाई दिल्ली भिटा, चाँद नहर भनिन्छ। यद्यपि यो नाम धेरै मानिसहरूलाई अज्ञात छ। यो ठाउँ भवानी पाठक र देवी चौधरीको गोप्य निवास थियो। ब्रिटिस पालामा देवी चौधरी र भवानी पाठकले पुजा सुरु गरेका थिए। त्यसयता हरेक वर्ष यो पुजा गरिन्छ। त्यतिबेला देवीलाई थुन्थुनी माँ भनेर चिनिन्थ्यो जसलाई अहिले वानदुर्गा भनिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement