अलिपुरद्वार: बुधबार राति जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। सुपारीको रुख फुटेको आवाज सुनेपछि ४५ वर्षीय दुलाल मजुमदार घरबाट निस्किएका थिए। बाहिर उभिएको हात्तीले उसलाई कुल्चिएको थियो । घटना कुञ्जनगरको अलिपुरद्वारमा रहेको जलदापाडा राष्ट्रिय निकुञ्ज नजिक भएको हो। अलिपुरद्वारको फालाकाटा पुलिस स्टेशन क्षेत्र अन्तर्गत माझेराडांगा ग्राम पञ्चायतको कुञ्जनगर क्षेत्रका बासिन्दाहरू घटनालाई लिएर आतङकमा छन्।