पश्चिम बङ्गालमा अमेरिकाबाट फर्किएका चार जनामा बीएफ.७ को संक्रमण पुष्टि भएको छ
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७९,३१९ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ३ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७१० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २०१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४६,०५५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,५५४ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,९३,०५१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,१५,६२,७१७ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६१,८२८ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१२,३३,७६२ जनाले यो खोप लगाइसकेको छन्।