कोविड़ सिक्किम: कोरोनामुक्त राज्य

IMG_20210619_080404.jpg

गत एक हप्तामा राज्यमा कोरोना पोजिटिविटी दर शून्य रहेको छ

गान्तोक: राज्यमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको प्रभाव लगभग शून्य बन्दै गइरहेको छ। आज राज्यमा कोरोनाकाे एउटा पनि नयाँ मामिला अघि न आएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ७१ जनाको नमूना जाँच गरेकाेमा कासेैमा संक्रमण पुष्टि भएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या शून्य रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०३६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३१९ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement