अन्तरराष्ट्रिय मानवाधिकार परिषद राज्यपालसित भेट

Untitled-1-copy-10

गान्तोक- अन्तरराष्ट्रिय मानवाधिकार परिषद, सिक्किमको एक टोलीले बुधवार राजभवनमा राज्यपाल गंगा प्रसादसँग शिष्टाचार भेट गयो । यस भेट अवधि जन समुदायको कल्याणका लागि विभिन्न विकासात्मक गतिविधिहरू गरेकोमा राज्यपाललाई अन्तरराष्ट्रिय मानवाधिकार परिषद, सिक्किमका अध्यक्ष गणेश शर्मा तथा अन्य सदस्यहरूद्वारा सम्मानित गरियो ।

राज्यपाललाई संगठनले गर्दै आएका कार्यहरूबारे जानकारी गराइयो। जानकारी अनुसार, संगठनले २०१३ देखि मानवाधिकारको सुरक्षाका लागि काम गर्दै आएको छ। राज्यपालले समाजलाई हर सम्भव सहयोग प्रदान गर्न प्रोत्साहित गरे ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement