एचएसपी अध्यक्ष भाइचुङ भोटिया र एसआरपी अध्यक्ष केबी राईले राजधानीमा पत्रकार सम्मेलन

Untitled-1-copy-9

गान्तोक- हाम्रो सिक्किम पार्टी (एचएसपी) र सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले सिक्किमे नेपाली सीट पुनर्बहाल, इनर लाइन परमिट कार्यान्वयन र धारा ३७१ एफ को अक्षरस पालनलाई वास्तविकतामा परिणत गर्न एउटै मञ्चमा आएर संयुक्त रूपमा काम गर्ने निर्णय लिएको छ। अर्कोतिर सिक्किमे जनताले चाहेको खण्डमा उक्त दुई पार्टी एउटै अस्तित्वमा आएर अगाडि बढ्न पनि तयार रहेको बताइएको छ । एचएसपी अध्यक्ष भाइचुङ भोटिया र एसआरपी अध्यक्ष केबी राईले राजधानीमा बुधवार आयोजित एक पत्रकार सम्मेलनमा सिक्किम र सिक्किमे जनताको हितमा संयुक्त रूपमा काम गर्ने निर्णय लिएको घोषणा गरे। एचएसपी र एसआरपीले विशेष गरि तीनवटा मुद्दा सिक्किमे नेपाली सीट पुनर्बहाल, इनर लाइन परमिट कार्यान्वयन र धारा ३७१ एफ- को अक्षरस पालनमा सहमति जनाउँदै संयुक्त रूपमा काम गर्ने निर्णय लिएको छ।

एसआरपी अध्यक्ष केबी राईले सिक्किमे नेपाली सीटको महत्वमाथि प्रकाश पार्दे सिक्किमका बहुसंख्यक समुदाय असुरक्षित बनेको खण्डमा अल्पसंख्यकहरू पनि सुरक्षित रहन सक्ने छैनन् भनी बताए। तर, राज्यका पूर्व अनि वर्तमान राज्य सरकारहरूले नेपाली सीट पुनर्बहाल मुद्दालाई केवल सत्तामा पुग्ने र भोट फकाउने माध्यमको रूपमा प्रयोग गरेको उनले आरोप लगाए। पूर्व सरकारको समयमा एसकेएम पार्टीले विधानसभामा सिक्किमे नेपाली सीट पुनर्बहाल गरिनु पर्ने सम्बन्धमा प्रस्ताव पेश गर्दा तत्कालिन मुख्यमन्त्रीले यसलाई राष्ट्र विरोधी ठहर गरेका थिए तर, आज एसकेएम पार्टी सत्तामा आएको चार वर्ष बितेर जाँदा पनि नेपाली सीट पुनर्बहाल गर्नका लागि कुनै पहल गरेको छैन भनी बताए। उनले नेपाली सीट पुनर्बहाल मुद्दामा आजसम्मका सरकारहरू इमानदार नरहेको आरोप लगाए। उनले सिक्किमे नेपाली सीट पुनर्बहाल गर्न एचएसपी र एसआरपीले संयुक्त रूपमा एउटै मञ्चमा आएर इमानदारीपूर्वक काम गर्ने प्रतिशा नै गरे। यसै गरी सिक्किममा इनर लाइन परमिट लागू गर्नु पर्ने र धारा ३७१ एफ- को अक्षरस पालन सुनिश्चित गर्न पनि दुई पार्टीले मिलेर काम गर्ने निर्णय लिएको उनले बताए। अध्यक्ष राईले यसरी काम गर्दै जाँदा सिक्किमे जनताले दुई पार्टी एक बन्नु पर्छ भनेर समर्थन जनाएको खण्डमा त्यसको निम्ति पनि आफुहरू तयार रहेको बताए।

एचएसपी अध्यक्ष भाइचुङ भोटियाले सिक्किम भारतमा विलय हुँदा सिक्किमे नेपाली सीट थियो, यस कारण यो कुनै नयाँ माग होइन भनी बताए। उनले सिक्किमे नेपाली सीट हाम्रो अधिकार हो भन्दै यसको पुनर्बहाल सतप्रतिशत सम्भव रहेको दाबी गरे। उनले सिक्किमे नेपाली सीट पुनर्बहालका लागि इमानदारीपूर्वक काम गर्ने नेताहरूको खाँचो रहेको छ भनी बताए। उनले एउटै परिवारका एक सदस्य यदि आफ्नो अधिकारबाट वञ्चित भने अर्का सदस्यहरू अगाडि आएर समर्थन गर्नु उनीहरूको जिम्मेवारी रहेको बताए। उनले सिक्किममा इनर लाइन परमिट (आईएलपी) लागू गर्नु समयको मागका साथै देश सुरक्षाको निम्ति पनि महत्वपूर्ण रहेको बताए। उनले आईएलपी लागू गर्दा पर्यटनमाथि नकारात्मक प्रभाव पर्नेछ भन्ने तर्क पनि आधारहीन रहेको बताए। यसै गरी, उनसे धारा ३७१ एफ को असरक्ष पालनमाथि बल दिँदे धारा ३७१ एफ बलियो हुनु भनेको सिक्किमको देशसँग सम्बन्धि बलियो हुनु रहेको आसय व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement