गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) विद्यार्थी प्रकोष्ठले आज एसआरसीका विजयी उम्मेद्वारहरूसँग भेट गऱ्यो। उल्लेखनीय छ,गत केही दिन अघि राज्यको सबै सरकारी महाविद्यालयहरूमा सिक्किम प्रतिनिधि परिषद (एसआरसी) को चुनाउ सम्पन्न भएको थियो। उक्त चुनाउमा विजयी बनेका प्रतिनिधिहरूलाई लिएर आज राजधानीस्थित एक होटलमा भेटघाट कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा लोकसभा सांसद इन्द्र हाङ सुब्बा रहेका थिए भने यसरी नै कार्यक्रममा विधायक अदित्य गोले, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा, संस्कृतिक विभागकी सल्लाहकार भीम कुमारी शर्मा, हाउजिङ विभागका अध्यक्ष कर्मा भोटिया, एसकेएम विद्यार्थी प्रकोष्ठका अध्यक्ष सोनम पिन्छो शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।