सोरेङ: सोरेङ-च्याखुङ समष्टि अन्तर्गत मेन्दोगाउँ बोरबोटेमा एक घर आगलागीमा स्वाहा भएको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार, आगलागीमा वार्ड नम्बर एक निवासी बालकुमार गुरुङको घर आगलागीमा पूर्ण रूपले स्वाहा भएको छ। घटना बुधवार बेलुकीतिरको रहेको थाहा लागेको छ। स्थानीय गाउँलेहरूको सहयोगमा आगोलाई हाल नियन्त्रणा लिइए पनि उग्र आगोबाट घरभित्रका सर-सामग्रीहरू जोगाउन भने नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घरमा आगो के कारणले लाग्यो भन्नेबारे ठोस थाहा लाग्न नसके पनि घटनास्थलमा पुलिस प्रशासन पुगेर जाँच शुरु गरिसकेको छ।