नयाँ दिल्ली। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतका स्टार क्रिकेटर ऋषभ पन्तलाई देहरादूनको म्याक्स अस्पतालबाट मुम्बई स्थानान्तरित गरेको छ, जहॉं उनको घुॅंडाका चोटहरूको व्यापक उपचार हुनेछ।
सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, पन्तलाई आज मुम्बई स्थानान्तरित गरियो। ऋषभ पन्तको लिगामेन्टको चोटका कारण मुम्बई स्थानान्तरित गरिएको हो। उनको उपचार बीसीसीआईको प्यानलमा सामेल प्रसिद्ध खेल अर्थोपेडिक डा. दिनशा पारदीवालाको देखरेखमा हुने आशा गरिएको छ।