विनेसामद्वारा भव्य रूपमा अरनिको स्मृति मनाइँदै

00-Araniko

सिलगढी: विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिद्वारा आउँदो ७ जनवरी शनिवार भर्चुअल्ली ७१६औँ अरनिको स्मृति दिवस भव्य रूपमा मनाउने भएको छ। नेपाली भाषा साहित्यको श्रीवृद्धि, उन्नयनहेतु सन् २०१० भानुजयन्तीको शुभअवसरमा स्थापित विनेसाम केन्द्रीय समितिले देश, विदेशमा ३९ शाखा/उपशाखाहरू स्थापित गरि निरन्तर अनेक साहित्यिक गतिविधिहरू गर्दै आएको छ। विश्वमा जहाँ जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ त्यहाँ नेपाली भाषा-साहित्य, कला, संस्कृति र सम्पदाहरूलाई पुर्याउने उद्देश्य महासंघले राखेको छ।

विनेसाम केन्द्रले वार्षिक प्रकाशन ‘साहित्य संसार’, विश्वमा छरिएका नेपाली साहित्यिक मनहरूलाई जोड्ने ई-पत्रिका ‘मूलबाटो’ प्रकाशन, केन्द्रको हरेक तीनवर्षे कार्यक्रालमा नेपाली साहित्यको कुनै विधामा विश्व स्तरीय प्रतियोगिता, नेपाली उत्कृष्ट सिर्जनाहरूलाई अन्य भाषामा अनुवाद, नेपाली वाङ्मयमा योगदान पुर्याउनुहुने विभूतिहरूको स्मृतिमा कार्यक्रमहरू आयोजना गरी विशेष रूपमा सम्झँदै आएको छ।

देशमा प्राकृतिक विपत् पर्दा सकेको साथ-सहयोग गरेर साहित्यलाई परोपकारसँग जोड्ने अवसरबाट पनि विनेसाम चुकेको छैन। विगत १३ वर्षदेखि निरन्तर साहित्य सेवामा समर्पित भई थुप्रै साहित्यिक गतिविधिहरू गर्दै आएको यस संस्थाले अहिले सबैले रुचाइएको विधा गजलमा विश्वस्तरीय प्रतियोगिता गरिरहेको छ। नियमित रूपमा सिर्जना वाचन, हरेक अंग्रेजी महिनाको पहिलो शनिबार विशेष संवाद “विम्ब र विमर्श” कार्यक्रम तथा नेपाली साहित्य, कला, संस्कृति तथा सम्पदासँग जोडिएका कुनैपनि अवसरहरूलाई विनेसामले विशेष रूपमा सम्झने कार्य गर्दै आएको छ।

‘अतः हामी नेपालीको गौरव, हामीले सम्झनै पर्ने तर भुल्दै गइरहेका अरनिको स्मृति यसपटक विनेसामले भव्य रुपमा भर्चुअल्ली मनाउने अन्तिम तयारीमा जुटेको छ। यस सभामा नेपाल प्रज्ञा-प्रतिष्ठानदेखि पूर्व-पश्चिमका प्राज्ञिक तथा वौद्धिक व्यक्तित्वहरू साथै नेपाल, भारत, बेलायत, अमेरिकालगायत विभिन्न देशका विश्वविद्यालयहरूबाट पनि प्राज्ञिक तथा वौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने छ’, भन्ने कुरा महासंघका विश्व केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement