अजय र विमलले गोर्खाल्याण्डको बती पक्कै बाल्नेछ: रोहित थापा

photocollage_20231422430192.jpg

दार्जीलिङ: ‘अजय एडवार्डस र विमल गुरूङले पक्का गोर्खाल्याण्डको बती बल्नेछ’ यो मन्तब्य गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यकर्ता रोहित थापाले पोखेको हो। गोर्खा स्वाभिमान संघर्षले दार्जीलिङ क्यापिटल हलमा गत केही दिन अघिदेखि कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। आजको कार्यक्रमलाई डुवर्स क्षेत्रबाट आएका गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यकर्ता रोहित थापाले विजुली बती पनि नेगेटिप र पोजेटी भए मात्र बल्छ भन्दै अब छुटटै राज्य गोर्खाल्याण्डको बती अजय एडवार्डस र विमल गुरूङले बल्नेछ भन्ने बताए। तिनले अघि भने सन १९८६ को सुवास घिसिङको गोर्खाल्याण्डको आन्दोलनलाई पनि डुवर्सबासीले क्यासेटको भरमा आन्दोलनलाई साथ दिएको हो। २००७ को विमल दाजुको आन्दोलनलाई पनि डुवर्सबासीले साथ दिएकै हो तर हामीले केही पाएनौ, जीटीएमा पनि डुवर्सको क्षेत्र परेको छैन तर हामीले आशा मारेका छैनौँ। हामी छुटटै राज्य गोर्खाल्याण्डको निम्ति लागि परेका छौँ थापाले भने। हिजसम्म गोर्खा जनमुक्ति मोर्चा र अध्यक्ष विमल गुरूङ छुटटै राज्य गोर्खाल्याण्डको मुद्वापछि हिडिरहेको थियो। विजुली बती पनि मात्र पोजेटिप लाइनमा बल्दैन, नेगेटिप पनि हुन्छ। पोजेटिप र नेगेटिप भए मात्र बती बल्छ भने गोर्खा जनमुक्ति मोर्चा र हाम्रो पार्टी एंव अजय एडवार्डस र विमल गुरूङले पक्कै गोर्खाल्याण्डको बती बाल्नेछ थापाले भने। सोच बलियो हुनपर्छ सवै थोक ठीक भई हाल्छ थापाले भने। भागोप्रमो अध्यक्ष अनित थापाको कुरा गर्दै मोर्चा नेता रोहित थापाले अघि भने चिप्ले दाईले २०१७ को कुरा गर्दै भन्छ ‘जलेको पहाडलाई मैले पानी हालेर निभाए, पहाडमा गणतन्त्र मैले ल्याए, पहाड हासिरहेको छ।’ खै पहाड कहाँ हासेको छ? थापाले प्रश्न तेर्साए।

दार्जीलिङको जनताले परिवर्तन चाहेको थियो, दार्जीलिङ नगरपालिकाको जनताले गोर्खा जनमुक्ति मोर्चालाई पनि रूचाएन, हामीले जनताको आदेशलाई स्वीकार गऱ्यौ, तीनवटा सीटमा जीत हासिल गऱ्यौ, हामीले खुशीले स्वीकार गऱ्यौ थापाले भने। भीडले होइन, सचेत मानिसहरूको हुँदाले छुटटै राज्य गोर्खाल्याण्ड ल्याउँन सक्छ यो मैले भनेको होइन साँढे चार लाख डुवर्सबासी बोलेको हो थापाले भने। भागोप्रमो केन्द्रीय महासचिव अमर लामाप्रति ब्यग्य कस्दै मोर्चा नेता रोहित थापाले अघि भने ‘आफ्नै दाजुको हत्यारोपीहरूसँग मिलेर राजनीति गर्दैछ’ भन्ने बताए। अमर लामाले आफ्नै दाजुलाई त न्याय दिलाउन सकेको छैन भने यस्तो ब्यक्तिले जनतालाई कहा न्याय दिलाउन सक्छ तिनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement