रायगञ्ज: राजगञ्ज खण्डको बेलकोवाको पानीकोरी ग्राम पञ्चायत निवासी बेनादेवी मजुमदार विगत १० वर्षदेखि आफ्नो परिवारको गुजारा गर्न प्लाष्टिकको डोरी बनाउने गर्छिन्। यतिबेला उनको उमेर ठ्याक्क ५५ वर्ष पुगेको छ।उनका एक छोरा, बुहारी र नातिनी छन्। छोरा दैनिक ज्याला मजदुरी गर्छन्। आफ्नो परिवारलाई सहयोग गर्न उनी प्लास्टिकको डोरी बाट्ने गर्छिन्। घरमै बसेर उनले प्लाष्टिकका बोरा किनेर बाँसको मेसिनबाट प्लास्टिकको डोरी बनाउँछिन्। एक दिनमा करिब ५० वटा जस्तो डोरी बनाउने उनी थप बताउँछिन्। यस्तो प्लाष्टिकको डोरी थोक बजारमा प्रतिकिलो ५ रुपैयाँमा बिक्री हुन्छ। यति मात्र होइन, थोक व्यापारीले घर आएपछि पनि आफूले बनाएको डोरी किन्छन्। यसबाट जति नाफा हुन्छ, त्यही पैसा घरायसी काममा खर्च गर्छिन्।











