सिलीगुड़ी: भक्ति नगरथानाको पुलिस दलले एक अभियान चलाएर भारी मात्रामा प्रतिबंधित कफ सिरप र इंजेक्शनको साथ एकजना युवकलाई गिरफ्तार गरेको छ। पुलिस द्वारा गिरफ्तार गरिएको आरोपीको नाम राकेश साहा हो। प्राप्त जानकारी अनुसार गत राती प्रतिबंधित कफ सिरप र नशालु इंजेक्शन स्कूटीमा लुकाएर बिक्री गर्ने उद्देश्यले राकेश साहा सिलीगुड़ीको पीसी मित्तल बस स्टैंड पुगेको थियो। तर पुलिस दलले यसको छनक पाइसकेको हुनाले भक्ति नगर थानाको पुलिसले एक अभियान चलाएर आरोपीलाई पक्रन सफल भएको छ। शंकाको आधारमा पुलिसले सो युवकलाई रोकेर स्कूटीको तलाशी लिनेक्रममा स्कूटीको डिकीबाट धेरै मात्रामा प्रतिबन्धित कफ सिरप र इंजेक्शन प्राप्त गरेको छ। एनडीपीएस एक्ट को अनुसार आरोपीलाई पक्राउ गरी आज जलपाईगुड़ी अदालतमा पेश गरियो।










