दानपा फ्लोर टेस्टको मुद्वा पुग्यो डिभिजन बेन्चमा ! शुक्रबार हुने भयाे हेरिङ

IMG-20230104-WA0317.jpg

दार्जीलिङ: हाई कोर्टको होलीडे बेन्चको निर्णयलाई चुनौती दिँदै दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल र भाइस चेयरम्यान याङकी शेर्पाले दुईवटा विषयहरूमाथि अलग अलग याचिका दर्ता गरेका छन्। चेयरम्यान रितेश पोर्तेलले बताए अनुसार बंगाल नगरपालिका एक्टअनुसार कुनै पनि निर्वाचित नगरपार्षद अबैघ कार्यहरूमा लिप्त हुनु हुँदैन भन्ने स्पष्ट शब्दमा लेखिएको छ। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १८ बाट निर्वाचित तृणमूल कङ्ग्रेसको नगरपार्षद गणेश सार्कीले अबैघ निर्माण कार्य गरेका छन्। यस विषयमाथि नगरपालिकाले तिनलाई नोटिस समेत जारी गरेको हो साथै तिनको अबैघ निर्माणमाथि कार्यवाही पनि चलाएको हो। यी विषयहरूको उल्लेख गर्दै फ्लोर टेस्टको कार्यमाथि रोक लगाउँने अपिल गरेका थियौँ तर होली डे बेन्चले फ्लोर टेस्ट गर्ने निर्देश जारी गर्दै २८ दिसम्बरको दिन दार्जीलिङमा फ्लोर टेस्टको कार्य भएको थियो। हामीले कोलकता हाई कोर्टको बरिष्ठ अधिबक्ता कुणालजीत भटटाचार्य र ऐश्वरी प्रधानको माध्यमद्वारा आज कोलकता हाई कोर्टको जलपाइगढी सर्किट बेन्चको डिभिजनल बेन्चमा दुईवटा अलग अलग विषयहरूमाथि याचिका दर्ता गरेका छौ पोर्तेलले भने।तिनले अधि भने बंगाल नगरपालिका एक्टमा कुनै पनि निर्वाचित नगरपार्षद अबैघ कार्यमा लिप्त रहे तिनी विरूद्व कार्य गरिने उल्लेख रहेको छ तर तृणमूल कङ्ग्रेसको निर्वाचित नगरपार्षद गणेश सार्कीले बंगाल नगरपालिका एक्टलाई बेवास्ता गर्दै अबैघ निर्माण गरेका छन अनि तिनी विरूद्व दार्जीलिङले नोटिस जारी गर्नको साथ साथै तिनको अबैघ निर्माणमाथि कार्यवाही समेत गरिसकेको छ। निर्वाचित नगरपार्षद गणेश सार्कीमार्थि कार्यवाही गरिने पर्ने साथै २८ दिसम्बरको फ्लोर टेस्ट अबैघ रूपमा भएकोले उक्त फ्लोर टेस्टलाई अमाण्य ठऱ्याउनु पर्ने दुई अलग अलग याचिका दर्ता गरिएको पोर्तेले बताए। हाई कोर्टको जलपाइगढी सर्किट बेन्चको डिभिजलन बेन्चले यी दुई याचिकामाथि शुक्रबार सुनाई गर्ने भएको जानकारी रितेश पोर्तेलले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement