तृणमूलको ‘दिदी के दूत’ र ‘सुरक्षा कवच’ परियोजना जलपाइगढीमा सुरु

IMG-20230104-WA0289.jpg

जलपाइगढी: उत्तर बंगालको जलपाइगढी जिल्लामा तृणमूल कङ्ग्रेसले बुधवार एक पत्रकार सम्मेलनमा ‘दिदी के दूत’ र ‘सुरक्षा कवच’ अभियान सुरु गऱ्यो। जलपाइगढी जिल्लामा तृणमूल जिल्ला अध्यक्ष महुआ गोपेले बुधबार दिउँसो जलपाइगढी जिल्ला तृणमूल कार्यालयमा पार्टीको नयाँ अभियानको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा पिछडा कल्याण राज्यमन्त्री बुलुचिक बडाइक, राजगञ्ज विधायक खगेश्वर राई, जिल्ला युवा कङ्ग्रेस अध्यक्ष सैकत चटर्जी र अन्य तृणमूल नेताहरू उपस्थित थिए। यस कार्यक्रमका सम्बन्धमा जिल्ला अध्यक्ष महुआ गोपले आगामी दिनमा प्रदेशको तृणमूल सरकारका विभिन्न कल्याणकारी योजनाको प्रवर्द्धनसँगै क्षेत्रको विकासका लागि दिदीका राजदुतहरूले घरदैलोमा जनतासँग भेटघाट गर्ने बताउनुभयो।

About Author

Advertisement