आरपीएफ र जीआरपीएफ का अधिकारीहरू माझ उच्च स्तरीय बैठक
सिलगढी: मालदा पछि फेरि एकपल्ट २४ घण्टाको अवधिमा वन्दे भारत एक्सप्रेस ट्रेनमा मंगलवार अपरान्ह एनजेपी स्टेशनमा प्रवेश गरिरहेको समय ढुंगाले हिर्काएको घटना प्रकाशमा आएको छ। यो घटनामा ट्रेनको दुइवटा कोचको खिड़कीको ऐना फुटेको छ। यस घटनामा सबै यात्रीहरु सुरक्षित रहेको बताइएको छ। यस घटनालाई लिएर आज बुधबार एनजेपी स्टेशनमा आरपीएफ र जीआरपीएफ- का अधिकारीहरू माझ उच्च स्तरीय बैठक गरियो। बैठकमा आरपीएफ का सहायक सुरक्षा कमानडेन्ट एमडी फारूक पनि सामेल थिए। बैठक पछि आरपीएफ का सहायक सुरक्षा कमानडेन्ट एमडी फारूकले भने, पथरावको घटनालाई लिएर अगावै अभियोग दर्ता गरिएको छ। यसैले घटनाको जाँच शुरू भएको छ।

स्मरण रहोस, भारतीय रेल विभागले पश्चिम बंगाललाई हालै वन्दे भारत सेमी हाई-स्पीड एक्सप्रेस ट्रेन उपहारमा दिएको छ। कलकताको हावड़ादेखि न्यू जलपाइगढीसम्म चल्ने बन्दे भारतको परिचालन शुरू भएपछि ट्रेनमा दोस्रोपल्ट ढुंगा हिर्काएको घटना प्रकाशमा आएको छ। यसभन्दा अघि सोमवार पनि मालदामा उक्त ट्रेनमा ढुंगा हिर्काएको थियो।