सिलगढी: सिलगढी जीआरपीले गत हप्ता विभिन्न ठाउँमा छापा मार्दा १५० किलो गाँजा बरामद गरेको छ। सिलगढी जीआरपी एसपी एस सेल्वामुरुगनले बुधबार दिउँसो सिलगढीमा पत्रकार सम्मेलनमा यी कुराहरू भने। लागु औषधविरुद्धको अभियान निरन्तर चलिरहेको उनले बताए।

आज पनि जीआरपीले छापा मारेर नयाँ कुचबिहारको कञ्चनजङ्घा रेलबाट ६०० ग्राम हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। उनले आगामी दिनमा पनि आफ्नो अभियानलाई निरन्तरता दिने बताए।