सिलगढी: बैकन्थपुर डिभिजनको डबग्राम क्षेत्रका वन अधिकारीहरूले बन्दुक र मृगको सिङ्गसहित दुईजनालाई पक्राउ गरेका छन्। तिनलाई मंगलबार मध्यरातमा सिलगढी नजिकै फराबारीबाट पक्राउ गरिएको हो। अभियुक्तहरूको पहिचान प्रवानन्द राई र कृष्ण दास रहेको छ। तिनलाई बुधबार जलपाइगढी अदालतमा पठाइएको थियो।