पण्डित रघुनाथ मुर्मु आवासीय विद्यालय १०० विद्यार्थी लिएर खोलिए

IMG-20230104-WA0235.jpg

अलिपुरद्वार: कालचिनी ब्लकको मेंडाबारीमा अवस्थित पण्डित रघुनाथ मुर्मु आवासीय विद्यालय बुधबार नयाँ वर्षमा पूर्ण उत्साहका साथ पुनः सुरु भयो। कोरोनाको अवस्थापछि विद्यालयमा विद्यार्थीको सङ्ख्या झण्डै १० पुगेको थियो। त्यसपछि जिल्ला प्रशासनको पहलमा झण्डै एक सय विद्यार्थी लिएर सो विद्यालय पुनः सञ्चालनमा आएको हो। बक्सा लगायत जिल्लाका विभिन्न दुर्गम गाउँ र चियाबारीका बालबालिका यहाँ अध्ययन गर्ने गरेको उल्लेख छ। सो अवसरमा जिल्ला अधिकारी सुरेन्द्रकुमार मीनाले भने, ‘जिल्लाका पहाडी तथा दुर्गम क्षेत्रमा विभिन्न कारणले केटा–केटी शिक्षाबाट वञ्चित छन्। तिनीहरू सबैलाई अभिभावकसँग कुरा गरेर यस आवासीय विद्यालयमा भर्ना गरिएको हो। केटा र केटीका लागि छुट्टाछुट्टै बसोबास छ, जहाँ १०० जना केटाकेटी बस्न सक्छन्। यसका साथै उनीहरूलाई पठनपाठनका साथै खेलकुद सामग्री पनि प्रशासनले उपलब्ध गराइने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement