संघर्षको लक्ष्य गोर्खाल्याण्डप्रति अडिक देखाउँनु हो!बंगालले चलाएको रिमोर्टले दानपाको बोर्ड भत्काउँने काम गर्दैछ: बुद्व लोक्सम

IMG_20230104_171219.jpg

दार्जीलिङ: ‘छुटटै राज्य गोर्खाल्याण्डको मांग मरेको छैन, जिउदैछ भन्ने सरकारलाई संदेश दिनु गोर्खा स्वाभिमान संघर्षको लक्ष्य हो।’ यो मनतब्य हाम्रो पार्टी रिम्विक लोधोमा समष्टि अध्यक्ष बुद्व लोक्समले पोखेको हो। गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान संघर्षले शहरको क्यापिटल हलमा कार्यक्रमको आयोजना गर्दै आई रहेको छ। आजको कार्यक्रमलाई हाम्रो पार्टीको रिम्विक लोधोमा समष्टि अध्यक्ष बुद्व लोक्समले गोर्खा स्वाभिमान संघर्षको यो महिना ब्यापी कार्यक्रम दार्जीलिङ नगरपालिका हाम्रो हुन पर्छ भन्ने उदेश्य लिएर आयोजना गरेको कदापी होइन तर युगौ युगौदेखि गोर्खाहरूले भोग्दै आएको एंव भोग्न परी रहेको समस्याहरूदेखि उन्मुक्ति दिलाउँन साथै छुटटै राज्य गोर्खाल्याण्ड गठनको मांग जिउँदैछ भन्ने सरकार लाई देखाउँनु हो। जीटीए असम्बैधानिक ब्यवस्था हो भन्ने थाहाँ थियो, दार्जीलिङ पहाड भष्ट्रचारमा चुरूम्म डुबेको छ। जुनै सुकै ब्यवस्था चलाए पनि सरकारले रूपियाँ पैसा दिन्छ तर चलाउँने मान्छे ठीक छैन भन्ने पहाडबासीलाई आभास भएको थियो। त्यसैले आफ्नो गोजीको पैसा खर्च गरेर दार्जीलिङ पहाडमा परिवर्तन ल्याउँन पर्छ,ब्यवस्था जस्ता सुकै होस तर परिवर्तन आउँन पर्छ, राम्रो मान्छेको हातमा यहाँको ब्यवस्था जानु पर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले यात्रा शुरू गरेको थियो अनि हामी पनि अध्यक्ष एडवार्डसको यात्रामा सहभागी बन्यौ तर चूनावमा भोट रूपियाँ पैसामा किनवेचको कार्य शुरू भयो। अजय एडवार्डसको स्वच्छ सोच र विचारलाई दार्जीलिङ नगरबासीहरूले मन पराएर दार्जीलिङ नगरपालिकाको चूनावमा नगरबासीहरूले हाम्रो पार्टीको बोर्ड गठन गर्ने क्षमता प्रदान गरयो अनि नगरबासीहरूले आफुहरू सचेत रहेको प्रमाण दिए तर बंगालले चलाएको रिमोर्टले दार्जीलि²ङ नगरपालिकाको बोर्ड जबर्जस्ती भत्काउँने काम गरेको छ राईले भने। गणतन्त्रमा जनताको मतलाई कदर गर्न पर्छ राईले भने। शहरमा अबैघ निर्माणहरू हुनु हुदैन भन्ने कार्य मात्र शुरू गरेको थियो, यहाँ नेतृत्वहरूको किनवेचको कार्य शुरू भयो। हाम्रो यस्तो मानसिकताले दार्जीलिङ परिवर्तन कसरी हुन्छ? राईले प्रश्न तेर्साए।दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले अबैघ निर्माणहरू विरूद्व जो कार्य शुरू गरेेको थियो, त्यसलाई नगरपालिकाको सत्तामा बस्नेहरूले जारी राख्नु पर्छ भन्ने बुद्व लोक्समले आहवान गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement