कोलकता: बंगलादेशको ढाका सहरमा अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना भए। यो प्रतियोगिता हरेक वर्षको अन्तिम दिनमा आयोजना हुने गरेको छ। प्रतियोगितामा नैहाटी, हलिशहर, काँचरापाराका २७ खेलाडीको कराँते टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा नैहाटी पश्चिम आम्रपल्लीका युवा कौस्तब चक्रवर्तीले स्वर्ण पदक जितेर देशको नाम कमाएको छ। यति मात्र होइन, टोलीका अन्य खेलाडीले कास्य र रजत पदक जितेका छन्। खेलाडीको उत्कृष्ट प्रदर्शनका बारेमा टोलीका प्रशिक्षक दिलीप जानाले भने, ‘मेरा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। म धेरै खुसी छु’ तर, उनले खेलाडीलाई सन्तुष्ट नभई राम्रो खेल्न सल्लाह दिए।