युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिलगढ़ी युनाइटेड एफसी र खोप्रेल एफसी-ले दोस्रो राउण्डमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा मंगलवार भएको पहिलो म्याचमा सिलगढ़ी युनाइटेडले धजे एफसी-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एनोस राईले २ अनि एञ्जेल्स तामाङले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा खोप्रेल एफसी-ले सिंगबुली युनाइटेडलाई सडन डेथमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। अब ५ जनवरीदेखि दोस्रो राउण्डको म्याचहरू शुरु हुनेछ। त्यस दिन हुने पहिलो म्याचमा मिरिक लेकर्स र फुवागढ़ी सेभेनबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच दिपेन सेभेन मर्माह र एनकेएसजी नयाँकमानबीच खेलिनेछ। आजको म्याचमा अतिथिको रूपमा एमईडी एई प्रणय खवास, पूर्व सुबेदार सूर्य बहादुर खवास र प्रमुख सल्लाहकार निरज खाम्बेन उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।