गतिको नयाँ बादशाह उमरान मलिक

IMG-20230104-WA0109.jpg

इण्डियन प्रीमियर लीगमा सनराइजर्स हैदराबादबाट खेल्दै गत सीजनमा आफ्नो असाधारण गतिद्वारा सबैलाई चकित बनाउने युवा पेस बलर उमरान मलिकले यसपाली नयाँ रेकर्ड बनाए। मलिकले मंगलवार राति मुम्बईको वानखेड़े स्टेडियममा श्रीलंका विरुद्ध पहिलो टी२० म्याचमा असाधारण बलिंग गर्दै २ विकेट हासिल गरे। यस अवधि उनले विपक्षी टीमका कप्तान दासुन शनाकालाई आफ्नो दोस्रो शिकार बनाए। मलिकले शनाकालाई जुन बलमा आउट गरे, त्यो बल १५५ किलोमीटर प्रति घण्टाको गतिमा गरिएको थियो। यो भारतको माटोमा कुनै पनि भारतीय बलरको अहिलेसम्मको सबैभन्दा तेज बलिंग हो। यस मामिलामा मलिकले जसप्रीत बुमराहको रेकर्ड तोड़े। बुमराहले यसअघि १५३.३६ किलोमीटर प्रति घण्टाको गतिमा बलिंग गरेका थिए। यस मामिलामा मोहम्मद शमी (१५३.३ किमी प्रति घण्टा) तेस्रो अनि नवदीप सैनी (१५२.८५ किमी प्रति घण्टा) चौथो स्थानमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement