भारतले पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा श्रीलंकालाई २ रनले पराजित गऱ्यो। मुम्बईको वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो। दीपक हूडाले २३ बलमा अविजित ४१ रन (४ वटा छक्का र एउटा चौका) रन बनाए। यसबाहेक ओपनर इशान किशनले ३७ (२९ बल, ३ वटा चौका र २ वटा छक्का) र अक्षर पटेलले अविजित ३१ रनको योगदान दिए। कप्तान हार्दिक पाण्ड्याले २९ रन बनाए। शुभमन गिल र सूर्यकुमार यादवले ७-७ रन बनाए। यसरी नै सञ्जु सेमसन ५ रन बनाएर आउट भए।
जवाफमा श्रीलंका २० ओभरमा १६० रन बनाएर अलआउट भयो। कप्तान दासुन शनाकाले सर्वाधिक ४५ रन (२७ बल, ३ वटा चौका र ३ वटा छक्का) बनाए। यसबाहेक कुसल मेण्डिसले २८, चमिका करुणारत्नेले २३ अनि वानिन्दु हसरंगाले २१ रनको योगदान दिए। भारतको तर्फबाट यस म्याचको साथ गिल र शिवम मावीले टी२० अन्तर्राष्ट्रियमा पदार्पण गरे। यसमा मावीले आफ्नो पहिलो म्याचमै सर्वाधिक ४ विकेट लिए। यसबाहेक उमरान मलिक र हर्षल पटेलले २-२ विकेट लिए। हूडालाई प्लेयर अव् द म्याच चयन गरियो।