गान्तोक: देशका रक्षा मन्त्री राजनाथ सिंहले मंगलवार सीमा सड़क संगठनले ७२४ करोड़ रूपियाँको लागतमा सातवटा सीमा राज्य/केन्द्र शासित प्रदेशहरूमा निर्मित २८ परियोजनाहरूको उद्घाटन गरे। रक्षा मन्त्रीले अरुणाचल प्रदेशमा सियोम ब्रिजको व्यक्तिगत रूपमा उद्घाटन गरे भने रहल २७ वटा परियोजनाहरूको उद्घाटन भिडियो कन्फ्रेन्सको माध्यमद्वारा उद्घाटन गरेका थिए। बीआरओकी ओर से जारी प्रेस विज्ञप्ति के अनुसार, २८ वटा परियोजनामा २२ वटा पूल, तीन सड़क र तीन टेलिमेडिसिन नोड्स सामेल छन्। उद्घाटनको अवसरमा लेफ्टिनेन्ट जेनरल राजीव चौधरी, वीएसएम, डीजीबीआर- तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए। रक्षा मन्त्रीले आज उद्घाटन गरेका परियोजनाहरूमा उत्तर सिक्किमका तीनवटा पूल पनि सामेल छन्। उक्त पूलहरू लाचेन-कालेप मार्गमा पर्ने सामदोङ, थाङ्गु र कालेप्चु सामेल छन्। यी पूलहरूले वर्षभरि उत्तर सिक्किमसँग सम्पर्क स्थापित गर्न मद्दत गर्नेछ भने क्षेत्रमा पर्यटनका साथै अर्थतन्त्रलाई बढावा दिने छ। सीमा क्षेत्रहरूमा ठूला सैन्य उपकरणहरू पुऱ्याउन पनि यो मार्गले सुविधा प्रदान गर्नेछ, यस कारण रणनीतिक दृष्टिमा पनि यी पूलहरूको ठूलो महत्व रहेको बताइएको छ। स्थानीय मानिसहरूले सिक्किमको विकास तथा राष्ट्र निर्माणमा बीआरओको निःस्वार्थ सेवाको निम्ति सराहना गरेको कुरा पनि विज्ञप्तिमा उल्लेख छ।