फिट घोषित भएपछि बुमराह भारतीय टीममा सामेल

IMG-20230103-WA0317.jpg

भारतीय क्रिकेट टीमका दिग्गज पेस बलर जसप्रीत बुमराहलाई चाँड़ै राष्ट्रिय टीमको जर्सीमा देखिनेछ। राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-द्वारा फिट घोषित गरिएपछि बुमराहलाई श्रीलंका विरुद्ध १० जनवरीदेखि शुरु हुने वनडे सीरीजको निम्ति भारतीय टीममा सामेल गरिएको छ। बुमराहले भारतको तर्फबाट आफ्नो अन्तिम म्याच गत वर्ष सेप्टेम्बरमा खेलेका थिए। ढाड़को चोटले गर्दा उनले अष्ट्रेलियामा भएको आईसीसी टी२० वर्ल्ड कप पनि खेल्न सकेका थिएनन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्डले आज जारी बयानमा बुमराह फिट भएको अनि उनलाई भारतीय टीममा सामेल गरिएको जानकारी दिएको छ।
श्रीलंका विरुद्ध वनडे सीरीजको निम्ति टीमः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस अय्यर, लोकेश राहुल, इशान किशन, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, उमरान मलिक र अर्शदीप सिंह।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement