गान्तोक- भारतीय जनता पार्टी (भाजपा) को अखिल भारतीय महिला मोर्चाकी अध्यक्ष वनाथी श्रीनिवासनले आज राज्य महिला मोर्चाका पदाधिकारीहरूसँग बैठक गरिन्। तिनी तीन दिवसीय सिक्किम भ्रमणमा आएकी छन्। भने भोलि विभिन्न क्षेत्रहरूमा योगदान दिइरहेका महिलाहरूलाई सम्मान जनाउने एक कार्यक्रममा सहभागी बन्ने छिन् ।
भाजपा महिला मोर्चा अध्यक्ष श्रीनिवासनले अध्यक्ष पद सम्हालेपछि पहिलोपल्ट सिक्किम भ्रमणमा आएको प्रेस वार्तामा बताइन् । भ्रमणको उद्देश्य राज्य महिला एकाईको कामकाजको समीक्षा गर्नु र कठिनाइहरूको बारेमा जानकारी लिनु रहेको उनले अवगत गराइन् । यसै गरी केन्द्र सरकारका जन पक्षीय योजनाहरूलाई जनसाधारणसम्म पुऱ्याउन, पीड़ित महिलाहरूलाई कानूनी सहायता प्रदान गर्न महिला एकाईले कसरी काम गर्दै भन्ने बुझ पनि यस भ्रमणको उद्देश्य रहेको उनले बताइन्।
उनले भाजपा महिला मोर्चा महिलाहरू केवल भोटर मात्र होइन तर, राज्यका राजनीतिक मामिलाहरूमा आफुलाई सामेल गरेर प्रभावशाली रूपमा योगदान दिँदै आफ्नो उत्थान गरुन् भन्ने चाहन्छ भनी बताइन् उनले विगत आठ सालमा मोदी सरकारले सिक्किमको समग्र विकासका लागि व्यापक रूपमा वित्तीय सहायता प्रदान गरेको जानकारी गराइन्।