गान्तोक – तीन दिवसीय सिक्किम भ्रमणमा रहेकी भारतीय जनता पार्टी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष वानची श्रीनिवासनले आज सितामस्थित प्रदेश कार्यालयमा प्रदेश महिला मोर्चाका पदाधिकारीगण साथै कार्यकर्ताहरूसित महत्वपूर्ण बैठक गरिन् यस अवसरमा प्रदेश महिला मोर्चा अध्यक्ष कर्मा छोकी भोटिया, उपाध्यक्ष तारा सुब्बा, महासचिव सृजना क्षेत्रीलगायत प्रदेश मोर्चा पदाधिकारीगण साथै चारे जिल्लाबाट आएका मोर्चा पदाधिकारीगण एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। यस अवसरमा प्रदेश महामन्त्री भरत दुलाल, अन्य मोर्चाका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो। मोर्चा महासचिव सृजना छेत्रीको स्वागत सम्बोधनबाट शुरू भएको आजको बैठकमा राहगाह पाहगाडकी मण्डल अध्यक्ष सोनिका लेप्चाले महिला कार्यकर्ताहरूले भोग्नु परिरहेका विविध चुनौती अनि समस्याहरूबारे आफ्नो अनुभव प्रस्तुत गरिन् ।
आफ्नो सम्बोधनको क्रममा प्रदेश महिला मोर्चा अध्यक्ष कर्मा छोकी भोटिया मोर्चाको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै राज्यमा संगठनले भोग्र परिरहेका समस्या अनि केन्द्रिय कार्यालयबाट अपेक्षित विविध सहयोगबारे राष्ट्रिय अध्यक्षसमक्ष विस्तृत रूपमा राखिन्। यस क्रममा श्रीमती भोटिया राष्ट्रिय अध्यक्ष समक्ष राज्यका पाँतीमा रहेका राजनीतिक मागहरू जस्तै जनजाति मुद्दा, लिम्बू-तामाङको सीट आरक्षण मुद्दाहरूबारे अवगत गराउदै केन्द्र स्तरमा यी विषयहरूलाई उठान गरिदिने सिक्किमे जनताको तर्फबाट माग राखिन्। यस अतिरिक्त उनते संगठनको हितमा विभिन्न सुझाउहरू पनि राखेकी छन् जसले महिला कार्यकर्ताहरुलाई पार्टीमा अघि बढ्नमा सहायक सिद्ध हुनेछ।
आफ्नो सम्बोधनको क्रममा राष्ट्रिय अध्यक्ष श्रीमती श्रीनिवासनले प्रदेश महिला मोर्चाको सांगठनिक विस्तार एवं गतिविधिबारे विविध जानकारी दिँदै आगामी दिनमा संगठनलाई कसरी अघाड़ि तेजाने भन्नेबारे मोर्चालाई विशेष निर्देशनहरू दिएकी छन्। यसै गरी राज्यका लम्बित मागहरुबारे राखिएको विषयलाई पनि सम्बोधन गर्दै दितो. छिटो सबै मागहरू क्रमबद्ध रूपमा पूरा गर्न केन्द्रमा भाजपा सरकार सक्षम रहेको बताइन्।
उनले महिला कार्यकर्ताहरुलाई उत्साहवर्द्धन गर्दै १० वर्ष अपाहि पूर्वोत्तरमा भाजपाको कुनै अस्तित्व नरहेको र अहिले सबै राज्यहरूमा भाजपाको सरकार रहेको उदाहरण पेश गर्दै संगठनलाई मजबुत बनाएर अधि लगेको खाइमा सिक्किममा पनि चाँड़े कार्यकर्ताहरुको सपना पूरा हुने बताइन्। यसको निम्ति कार्यकर्ताहरूलाई संघर्षधैर्यवान बनेर अघि बढ्ने राष्ट्रिय अध्यक्ष आह्वान गरेकी छन्।
आजको बैठकलाई प्रदेश महामंत्री भरत दुलालले पनि सम्बोधन गरेका थिए। यस अवसरमा प्रदेश महिला मोकी सर्पबाट राष्ट्रिय तथा स्मृति चिह्न प्रदान गरेर अभिनन्दन जनाइयो । तीन दिवसीय सिक्किमको सांगठनिक भ्रमणमा रहेकी श्रीमती श्रीनिवासन भोलि पश्चिममा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।