मन्त्री कर्मा लोडे भोटियाले गरे बौद्ध धर्मगुरु १४औं दलाई लामाको दर्शन

IMG-20230103-WA0313.jpg

गान्तोक: राज्यका वन विभागीय मन्त्री कर्मा लोडे भोटियाले बौद्ध गयामा अवस्थित धर्मगुरुङ १४औं दलाई लामाको आवासमा पुगेर दर्शन गरे। धर्मगुरुङ दलाई लामाबाट आशीर्वाद लिनु पाएकोमा मन्त्री भोटियाले आफैलाई सौभाग्यशाली महसुस गरेका छन्। १४औं दलाई लामा विश्वभरि नै शान्ति, अहिंसाका किरण रहेको मन्त्री भोटियाले विचार पोखेका छन्। उनीद्वारा दिइने सबै संवेदनशील प्राणीहरूप्रति प्रेम अनि करुणाको सन्देश आफैमा सरल तर सार्थक अनि व्यवहारिक रहेको भोटियाले थप मन्तव्य व्यक्त गरेका छन्। हामीले धर्मगुरु १४औं दलाई लामाको शिक्षालाई अनुशरण गरेर दैनिक जीवनमा आत्मसाथ गर्नुपर्ने मन्त्री भोटियाले आह्वान गरेका छन्। मन्त्री भोटियाले धर्मगुरुङ दलाई लामाको सुस्वास्थ्य एवं दीर्घायुको निम्ति प्रार्थना गरेका छन्।

About Author

Advertisement