‘दैलोमा प्रशासन’ नाम्चेबुङ निर्वाचन क्षेत्रमा सम्पन्न

IMG_20230103_221900.jpg

पाकिम: नाम्चेबुङ निर्वाचन क्षेत्रका जनतासँग नाम्चेबुङमा मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘दैलोमा प्रशासन’ कार्यक्रम अन्तर्गत मंगलवार भेट गरे। यस अवधि क्षेत्र विधायक एम प्रसाद शर्मा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए। दैलोमा प्रशासन कार्यक्रमको मुख्य उद्देश्य क्षेत्रका जनतालाई एक ठाउँका भेला गरेर उनीहरूसँग प्रत्यक्ष रूपमा भेट गर्नु र उनीहरूका समस्याहरूबारे जानकारी लिएर तत्काल समाधानको निम्ति पहल गर्नु हो। यस अवसरमा भारी संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीले मानिसहरूसँग भेट गर्दै अन्तरक्रिया गरे तथा उनीहरूलाई चिकित्सा अनि सरकारी सेवा सहायता प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement